सेनेगल र मोरक्को अफ्रिका कप अफ नेशन्स फूटबलको क्वारफाइनल प्रवेश
१२ माघ २०७८ काठमाडौं । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेशन्स फुटबलको क्वारफाइनलमा प्रवेश गरेका छन् ।
गएराति सम्पन्न अन्तिम १६ को खेलमा केप भर्डीलाई २–० ले हराउँदै सेनेगल अन्तिम आठमा पुगेको हो । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले एक(एक गोल गरे ।
६३ औं मिनेटमा मानेको गोलबाट सेनेगलले अग्रता बनाएको थियो । त्यसपछि उसका लागि इञ्जरी समयमा बाम्बाले गोल थप्दै अग्रता दोब्बर पारेका थिए ।
यस्तै केप भर्डीका दुई जना खेलाडीले रेडकार्ड पाएका थिए । २१औं मिनेटमा प्याट्रिक एन्ड्राडे र ५७औं मिनेटमा भोजिन्हाले रातो कार्ड पाएका थिए । यस्तै अर्को खेलमा मालावीमाथि २–१ को जितसहित मोरक्कोले पनि अन्तिम आठमा स्थानमा पक्का पारेको छ ।
खेलको सातौं मिनेटमै मालावीले गाबाडिन्हो हेङ्गोको गोलसँगै अग्रता लिएको थियो । तर पहिलो हाफको इञ्जुरी समयमा मोरक्कोका युसुफ इन निसरीले गोल गर्दै खेल एक(एकको बराबरी गरेका थिए ।
त्यसपछि ७०औं मिनेटमा आसरिफ हाकिमीले गोल गरेपछि मोरक्को २१ ले विजयी भएको हो ।
प्रतिक्रिया