आहा ! रारा गोल्डकपबाट संकटा बाहिरियो, मछिन्द्र ४–१ गोल अन्तरले विजयी

१० माघ २०७८ पोखरा । साविक विजेता संकटा क्लबलाई ४–१ ले पराजित गर्दै मछिन्द्र फूटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मछिन्द्रको जितमा मेसुके ओलोमेउले दुई, अभिषेक गुरुङ र उत्सभ राईले एक एक गोल गरे । पोखरा रंगशालामा सम्पन्न खेलमा उत्सभले १३औं मिनेटमा गरेको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो ।
पहिलो हाफमा एक शून्यले अगाडी रहेको मछिन्द्रले दोस्रो हाफको दोस्रो मिनेटमै मछिन्द्रले अग्रता दोब्बर बनायो । क्यामरुनका मेसुके ओलोमोउले काउन्टर अट्याकमा गोल गरे ।
खेलको ६४औं मिनेटमा गणेश हमालले गरेको गोलबाट संकटाले अग्रता २–१ मा झार्यो । तर, खेल सकिन पाँच मिनेट बाँकी रहँदा मछिन्द्रले दुई गोल गरेपछि साविक विजेता पहिलो खेलमै स्तब्ध बन्यो ।
८५औं मिनेटमा ओमोलाजा लुरेन करिनले प्रहार गरेको फ्रिकिक रिबाउन्डमा अभिषेक गुरुङले गोल गरे ।
लगत्तै अर्को मिनेटमा गार्सियाले उपलब्ध गराएको पासमा ओलोमेउले बक्सभित्रबाट सहजै गोल गरेपछि मछिन्द्रले ४–१ को सहज जित निश्चित गर्यो । मछिन्द्रले सेमिफाइलनमा विभागीय टोली एपिएफ फुटबल क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया