अवैध रकमसहित दुई जना पक्राउ

हिमालय टिभी
२०७८ माघ ८ गते ६:२७
अवैध रकमसहित दुई जना पक्राउ

८ माघ २०७८ राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले स्रोत नखुलेको रु नौ लाख ९० हजारसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ बस्ने २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ बस्ने २४ वर्षीय दिलिपकुमार मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुनसरी पठाइएको काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *