खेलकूद

आहा रारा गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७८ माघ ६ गते ८:००
आहा रारा गोल्डकप फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

६ माघ २०७८ पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजदेखि शुरू हुँदैछ ।

कोरोना महामारीका बीच पोखरामा आजदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । कोरोना महामारीका कारण यसपटक पहिलो चरणका खेल भने बिना दर्शक सञ्चालन हुनेछन् ।

आयोजकले सेमिफाइनलभन्दा अगाडिका खेलका टिकट बिक्री नगर्ने जनाएको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकको तयारी छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा एक विदेशीसहित साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी जम्मा १० टोलीको सहभागिता हुँदैछन् ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछन् । क्लबले यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्