Political Hightlights

कांग्रेसको विभिन्न १६ जिल्लाको अधिवेशनको मिति फेरि सार्ने तयारी

हिमालय टिभी
२०७८ माघ ६ गते ७:५४
कांग्रेसको विभिन्न १६ जिल्लाको अधिवेशनको मिति फेरि सार्ने तयारी

६ माघ २०७८ काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सार्ने तयारी भएको छ।

कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेपछि १६ जिल्लाका अधिवेशन सार्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

मधेस प्रदेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन कांग्रेसले आगामी माघ १५ गतेका लागि तय गरेको थियो। निर्वाचन सार्ने आधिकारिक निर्णय नगरिए पनि कोरोना संक्रमणलाई मध्यनजर गरी निर्वाचन सार्ने विषयमा छलफल भइरहेको घिमिरेले बताउनुभयो।

निर्वाचन समितिको बैठकमार्फत केही दिनभित्रैमा बसेर अधिवेशन सार्ने निर्णय हुने उहाँले बताउनुभयो । कांग्रेसको चौधौं महाधिवेशन अघि १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, चितवन, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्