Political Hightlights

एमालेसँग तालमेलको सम्भावना छ : अध्यक्ष थापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ५ गते १६:४०
एमालेसँग तालमेलको सम्भावना छ : अध्यक्ष थापा (भिडियो रिपोर्टसहित)

५ चैत २०७८ पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुनसक्ने बताउनुभएको छ ।

पोखरामा आज पत्रकारसँग अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा तालमेल बारे छलफल चलिरहेको बताउनुभयो ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको खुट्टा टेक्ने ठाउँ निर्माण गर्ने र प्रतिनिधि सभा निर्वाचनमा बलियो राजनीतिक शक्तिका रुपमा आउने दाबी गर्नुभयो ।

अध्यक्ष थापाले कार्यकर्ता संरक्षण र राजनीतिक जीवनको बचाउ गर्नकै लागि भए पनि राप्रपा नेपाललाई पुनः व्यूँताएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्