Political Hightlights

माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

हिमालय टिभी
२०७८ चैत ६ गते १३:३८
माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित

६ चैत २०७८ कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ ।

प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उहाँलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।

निरन्तर पार्टीको विधान विपरीत अभिव्यक्ति दिननका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आज एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो ।

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएकोे थियो । नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिनुभएका उहाँले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको थियो ।

विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्