खेलकूद

प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी

हिमालय टिभी
२०७८ पुष २८ गते ७:४१
प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी

२८ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साउथह्याम्टन विजयी भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा साउथह्याम्टनले बेन्टफोर्डमाथि ४–१ को जित निकालेको हो । घरेलु मैदानमा साउथह्याम्टनले पाँचौ मिनेटमै जान बेडनारेकको गोलसँगै अग्रता लियो ।

२३औं मिनेटमा बेन्टफोर्डका भिटाले जानेल्टले गोल गर्दै खेल १–१ को बराबरी गरे । तर ३७औं मिनेटमा बेन्टफोर्डका अल्भारो फर्नान्डेजको आत्मघाती गोलसँगै साउथह्याम्टनले खेलमा अग्रता बनायो ।

त्यसपछि ४९औं मिनेटमा अर्मान्डो बोर्जा र ७०औं मिनेटमा ची एडम्सले गोल थपेपछि साउथह्याम्टन ४१ ले विजयी भयो ।

जितसँगै २० खेलबाट २४ अंक जोड्दै साउथह्याम्टन तालिकाको एघारौं स्थानमा उक्लियो । समान खेलबाट २३ अंकसहित बेन्टफोर्ड १३औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्