Political Hightlights

नेकपा एमाले चितवनको अधिवेशन स्थगित

हिमालय टिभी
२०७८ पुष २६ गते १५:३०
नेकपा एमाले चितवनको अधिवेशन स्थगित

२६ पुस २०७८ चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज जारी गर्नुभएको विज्ञप्तिमा अर्काे सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो । जिल्ला अध्यक्षमा चार जनाले उम्मेदवारी दिने भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्