खेलकूद

ए डिभिजन लीग फूटबलमा आजदेखि सातौं चरणका खेल हुँदै

हिमालय टिभी
२०७८ पुष १६ गते ८:०५
ए डिभिजन लीग फूटबलमा आजदेखि सातौं चरणका खेल हुँदै

१६ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आजदेखि सातौं चरणका खेल शुरू हुँदैछन् ।

सातौं चरणको पहिलो खेल अन्तर्गत विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी चौथो स्थानमा रहँदा एपीएफ एघारौं स्थानमा रहेको टोली हो ।

६ खेलबाट आर्मीको १० अंक हुँदा एपीएफले ५ अंक जोडेको छ । उपाधि होडमा रहेको आर्मी तुलनात्मक रुपमा कमजोर एपीएफलाई हराउँदै अंक तालिकाको सुधार गर्ने लक्ष्यमा रहने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

यस्तै अर्को खेलमा न्यूरोड टीम एनआरटी र फ्रेण्ड्स क्लबले खेल्ने छन् । सात अंकसहित एनआरटी आठौं स्थानमा छ ।

उता रेलिगेशन जोनको फ्रेण्ड्सको लक्ष्य पहिलो जित निकाल्ने हुनेछ । ६ खेलसम्म जितविहिन फ्रेण्ड्स ३ अंकसहित तालिकाको पुछारमा छ । सोही मैदानमा खेल साँझ पौने ५ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्