Political Hightlights

वीरेन्द्रले भारतको शर्त मानेको भए दरबार हत्याकाण्ड नहुने अध्यक्ष लिङ्देनको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते १८:१८
वीरेन्द्रले भारतको शर्त मानेको भए दरबार हत्याकाण्ड नहुने अध्यक्ष लिङ्देनको दाबी (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भारतको शर्त मानेको भए दरवार हत्याकाण्डको परिस्थिति नआउन सक्ने टिप्पणी गर्नुभएको छ ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले २०४६ सालको परिवर्तनमा तत्कालिन भारतको संस्थापन पक्षले राखेको ६ बुँदे प्रस्ताव नमानेर देश बचाएको जिकिर गर्नुभयो ।

उहाँले वीरेन्द्रसहितको वंशनाश हुनुको एउटा कारण हुनसक्ने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि नै देश भारतमा विलय भएको स्मरण गर्नुभयो । उहाँले अहिले नेपालमा पनि त्यही खतरा मडारिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्