Political Hightlights

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

हिमालय टिभी
२०७८ पुष १२ गते २०:१२
कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

१२ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन आगामी पुस २७ गते हुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्