खेलकूद

एपीएफले जित्यो पीएम कप महिला राष्ट्रिय क्रिकेट उपाधि

हिमालय टिभी
२०७८ पुष ११ गते १८:००
एपीएफले जित्यो पीएम कप महिला राष्ट्रिय क्रिकेट उपाधि

११ पुस २०७८ कैलाली । साबिक विजेता प्रदेश १ लाई हराउँदै विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

धनगढीमा आज सम्पन्न फाइनलमा एपिएफले प्रदेश १ लाई ७ विकेटले हराएको हो । यससँगै एपिएफले गत संस्करण फाइनलमा भोगेको हारको बदला समेत लिएको छ ।

६८ रनको सामान्य लक्ष्य एपिएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । एपिएफको जितमा ओपनर ज्योती पाण्डेले नटआउट ३६ र मध्येक्रमकी ममता चौधरीले नटआउट १९ रन बनाईन् ।

दोस्रो ओभरमा दुई विकेट गुमाउने क्रममा मात्र ७ रन जोडेको एपिएफका लागि ज्योती र रोमा थापाले २८ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याएका थिए ।

बलिङमा प्रदेश १ की कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर ३ विकेट लिइन् ।

यसअघि, फाप्ला क्रिकेट मैदानमा टस गुमाएर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले एपिएफलाई ६८ रनको लक्ष्य दिएको थियो । पुरै २० ओभर खेलेको प्रदेश १ ले ६ विकेट गुमाएर मात्र ६७ रन बनायो ।

प्रदेश १ का लागि रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । त्यस्तै, अप्सरी बेगमले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश १ को ब्याटरमाथि धावा बोलेको एपिएफका लागि बलिङमा कप्तान सिता राना मगरले ३ विकेट लिइन । त्यस्तै रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन । जितसँगै एपिएफले नगद ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्