खेलकूद

ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ पुष ११ गते ८:२९
ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदै

११ पुस २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् । संकटा ५ खेलमा ९ अंकसहित चौथो स्थानमा छ । संकटाले २ खेल जित्दा तीन खेल बराबरी खेलेको छ ।

ब्रिगेड समान खेलबाट ५ अंक जोड्दै १०औं स्थानमा छ । ब्रिगेड एकमा जित, दुईमा बराबरी र दुई खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

आजै हुने अर्को खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुँदैछन् । आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट आठौं स्थानमा रहेको थ्री स्टारको ६ अंक छ ।

आर्मीले दुई खेलमा जित हात पार्दा तीन खेल बराबरी गरेको छ । त्यस्तै थ्री स्टारले एक खेल जित्दा तीन खेलमा बराबरी र एक खेलमा पराजित भएको छ । सोही मैदानमा खेल साँझ पौने पाँच बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्