Political Hightlights

राष्ट्रिय सहमति भएमात्र एमसीसी अघि बढ्छ- प्रचण्ड (भिडियोसहित)

हिमालय टिभी
२०७८ पुष ८ गते १६:३६
राष्ट्रिय सहमति भएमात्र एमसीसी अघि बढ्छ- प्रचण्ड (भिडियोसहित)

८ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रिय सहमति भए मात्र अघि बढ्ने बताउनु भएको छ । एमसीसीमा केही गम्भीर प्रश्न उठेको भन्दै प्रचण्डले राष्ट्रिय सहमतिबिना पारित हुन नसक्ने बताउनुभयो ।

एमसीसी संसोधनका लागि प्रधानमन्त्री पनि सकारात्मक रहेको र एमससीकै कारण गठबन्धन भने नटुट्ने उहाँको दाबी छ ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट आफ्ना पूर्वमाओवादीहरुलाई मूल पार्टीमा फर्कन आब्हान गर्ने र सबै फर्कने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रले यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा प्रथम राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसका लागि प्रचण्ड दस्तावेज लेखनका व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्