कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना बिहान फेरि शुरु गरिँदै
२०७८ पुष ४ गते ९:२४

४ पुस २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गएरातिसम्म केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ ।
२३ सय ९३ मत गनिसक्दा नेता शशाङ्क कोइरालाले १९७१, एनपी साउँदले १५ सय ५८, उदय शम्शेर राणाले १४ सय ४५, अर्जुननरसिंह केसीले १३ सय ८३, बालकृष्ण खाँणले १५ सय ७, रमेश लेखकले १४ सय ५१, र रामहरि खतिवडाले १३ सय ९५ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रीय सदस्य खुलातर्फ ९९ जनाले उम्मेदवारी दिएका छन् । बाँकी मतगणना आज बिहान ९ बजेदेखि शुरु हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया