खेलकूद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु

हिमालय टिभी
२०७८ पुष ३ गते १५:२१
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु

३ पुस २०७८ धनगढी । धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

फाप्ला क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको छ । प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ दशमलब ४ ओभरमा ६ रनमै अल आउट भयो ।

कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ७ खेलाडीले खाता समेत खोल्न सकेनन् । प्रदेश १ की अलिशा खडियाले ५ विकेट हात परेपछि कर्णाली सस्तैमा समेटियो । संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् ।

यसघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १ सय ६६ रन बनायो । कप्तान रुबिना क्षेत्रीले १० चौकाको मद्दतले सर्वाधिक ७६ रन जोड्दा अप्सरी बेगमले ६२ बलमा अविजित ६१ रनको योगदान गरिन् ।

कर्णाली प्रदेशकी दिब्या धामीले २ विकेट हात पारिन् । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक हो । आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्