Political Hightlights

कांग्रेस महाधिवेशनः आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

हिमालय टिभी
२०७८ मंसिर २६ गते ७:२६
कांग्रेस महाधिवेशनः आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार चुनावी प्रक्रिया शुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

जारी महाधिवेशनमा उम्मेदवारी दिएकाहरूले आज उम्मेदवारी फिर्ता लिने तालिका छ। शनिबार उम्मेदवारी दिएकामध्ये फिर्ता लिनेलाई आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार उम्मेदवारी फिर्ताको समयवधि सकिएपछि आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ।

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्र मार्फत गर्नु पर्नेछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा।मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्