Political Hightlights

युवा पुस्ताका लागि प्रेरणा बन्दै २४ वर्षीया डा. अलविरा खान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २१ गते ६:२७
युवा पुस्ताका लागि प्रेरणा बन्दै २४ वर्षीया डा. अलविरा खान (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७८ बुटवल । नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सम्पन्न प्रदेश अधिवेशनमा जित हात पार्दै कपिलवस्तुकी डा. अलविरा खान कान्छी प्रदेश सदस्य बन्नुभएको छ । चिकित्सक पेशासँगै राजनीतिक जीवनलाई पनि अघि बढाउँदै युवाका लागि प्रेरणा बन्ने २४ वर्षकी अलविराको योजना छ ।

डाक्टर अलविरा खान प्रदेश सदस्यमा निर्वाचित भएपछि बधाई दिनेको ओइरो लागेको छ । सोमबार दिउँसो आएको मतपरिणाम अनुसार अलविरा ८ सय ८१ मत ल्याएर विजय हुनुभयो । देशकै जेठो पार्टीकी कान्छी उम्मेदवार बन्न सफल भएपछि उत्साही अलविरा मुस्लिम महिला र युवाका लागि प्रेरणा बन्ने बताउनुहुन्छ ।

अलविराले बङ्गलादेशबाट एमबीबीएस उत्तीर्ण गर्नुभएको हो । १३ औं महाधिवेशनमा नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी अलविरा त्यतिबेलै क्षेत्रीय प्रतिनिधि हुनुभएको थियो । बुबाको प्रेरणाबाट सक्रिय राजनीतिमा लागेकी अलविराले आफ्नो पेशासँगै राजनीतिक जीवनलाई अगाडी बढाउने लक्ष्य लिनुभएको छ ।

मुस्लिम महिलाहरु अझैं समाजमा खुलेर बोल्न र हिड्न सक्दैनन । यस्तो अवस्थामा उदाहरण बनेकी अलविराले धर्म र संस्कृतिको भने संरक्षण गरेरै अघि बढ्नुपर्ने बताउनुभयो ।

अलविराको राजनीतिक यात्रा सुखद रुपमा अघि बढेकोमा परिवारमा खुसियाली छाएको छ ।

पिछडिएको समुदायको आवाज उठाउन आफूले राजनीति रोजेको बताउने अलविरा कपिलवस्तु–३ को प्रदेशसभा ‘ख’ बाट प्रतिनिधि भएर लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बन्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्