Political Hightlights
अध्यक्ष नेपालले भने–उपनिर्वाचनसम्म गठबन्धन तोडिँदैन, अर्ली इलेक्सन हुँदैन (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर २० गते १६:०६

२० मंसिर २०७८ विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अर्ली इलेक्सनको सम्भावना नरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग अध्यक्ष नेपालले तत्कालै चुनाव हुने कुनै दलको सपना भए त्यो पूरा नहुने बताउनुभयो । नेकपा एमालेले अर्ली इलेक्सनको माग गर्दै आएको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवाले समेत अर्ली इलेक्सनको सम्भावना रहेको बताइरहँदा सत्ता गठबन्धन दलका अध्यक्षको यस्तो भनाइ आएको हो ।
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको पनि दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले न्यायालयभित्र देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गरिरहेको समेत बताउनुभयो ।
प्रतिक्रिया