उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ मंसिर १३ गते ९:११
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

१३ मंसिर २०७८ काठमाडौं । आज देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका बाँकी भू–भागमा आङ्शिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

आज रारत देशभर अङ्ंशिक बदली रही गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *