Political Hightlights

एमाले महाधिवेशन: नेता-कार्यकर्ताले कस्ताे नेतृत्वको अपेक्षा गेरेका छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ११ गते २०:३९
एमाले महाधिवेशन: नेता-कार्यकर्ताले कस्ताे नेतृत्वको अपेक्षा गेरेका छन् ? (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ चितवन । सबैभन्दा ठूलो दल नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनबाट कस्तो रुपमा बाहिर आउँछ, नेतृत्वमा को को रहन्छन्, आकार कस्तो हुनेछ भन्नेमा अहिले सबैतिर चासो छ । महाधिवेशनमा सहभागी नेता कार्यकर्ताले पनि कस्तो नेतृत्वको अपेक्षा गेरेका छन् त ?

नेकपा एमालेको आगामी नेतृत्व अझै सक्षम र सबै कम्युनिष्टहरुलाई एकजुट पारेर लैजान सक्ने खालको हुनुपर्ने आम कार्यकर्ताको चाहना छ । दशौँ महाधिवेशनबाट चुनिने नेतृत्वले पार्टी संगठनमात्र होइन सही ढंगबाट देशको नेतृत्व गर्न सक्ने होस् भन्ने अपेक्षा छ ।

नेकपा एमालेभित्र देखिएका अन्तरविरोधी स्वरलाई समेत सम्बोधन गर्नसक्ने क्षमता भएको केन्द्रीय नेतृत्वको आओस् भन्ने चाहना छ ।

महाधिवेशन उद्घाटन सत्रमा एमालेले ठूलै शक्ति प्रदर्शन गरेको छ । महाधिवेशनमा देखिएको शक्ति प्रदर्शनलाई देश र विकासमा परिचालन गर्न सक्ने नेतृत्व एमालेमा आवश्यक छ ।

एमालेले यो महाधिवेशनलाई पार्टीका भावी रणनीति, विचार, सिद्धान्त भन्दा पनि पार्टीको नेतृत्व व्यवस्थापनमा केन्द्रित गरेको छ । त्यसैले अबको कार्यसमिति ४५ सदस्यीय स्थायी कमिटी, १९ सदस्यीय सचिवालय, ९९ सय सदस्यीय पोलिटव्यूरो सहित ३ सय १ सदस्यीय बन्ने छ । चितवन महाधिवेशनले कार्यकर्ताको भवनाअनुसार नेतृत्व प्राप्त गर्छ कि गर्दैन त्यो हेर्नका लागि भने केही दिन कुर्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्