धादिङमा दुई बस आपसमा ठोक्किँदा १५ जना घाइते
२०७८ कार्तिक २४ गते १३:५५

२४ कात्तिक २०७८ धादिङ । धादिङको कालुपाण्डेमार्ग अन्तर्गत निलकण्ठ नगरपालिका वडा नम्बर ८ कमेरे नजिकै दुई यात्रु बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।
धादिङवेशींबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौंबाट धादिङवेशीं आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस आपसमा ठक्कर खाँदा १५ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया