Political Hightlights

कांग्रेस नेतृत्वको किचलोले पार्टी नै अवैध बन्ने बाटोमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते २०:१२
कांग्रेस नेतृत्वको किचलोले पार्टी नै अवैध बन्ने बाटोमा (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पार्टीभित्रको किचलोले पटकपटक सर्दै आएको छ । लोकतान्त्रिक अभ्यासको प्रमुख केन्द्र भन्ने गरिएको कांग्रेस महाधिवेशन गर्न नसकेर आलोचनाको केन्द्र बन्दै गएको छ ।

अर्कोतर्फ समयमै महाधिवेशन गर्न नसक्दा पार्टीलाई पनि अवैध बनाउने र पार्टीको लोकतान्त्रिक चरित्र मेटाउने दिशातर्फ अघि बढेको छ।

नेपाली कांग्रेसको महाधिवेशनको तालिका अहिलेसम्म ५ पटक सरिएको छ । प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको फेरि पनि सभापति बन्ने महत्वाकांक्षाले तोकिएको समयमा महाधिवेशन हुन सकिरहेको छैन ।

पार्टीभित्र सभापति देउवासहित सबैजसो गुटले आफ्नो लाइन बलियो बनाउन क्रियाशील सदस्यता वितरणदेखि नै सुरु गरेको तिकडमले महाधिवेशनलाई अनिश्चयको भूमरीतर्फ धकेलिरहेको छ । कांग्रेसले १३ औं महाधिवेशन २०७२ फागुनमा गरेको थियो ।

चार वर्षभित्र अधिवेशन गर्नु पर्ने थियो । तर विधानको विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने व्यवस्था अनुसार १ वर्ष थप गरेर २०७७ फागुनमा महाधिवेश गर्ने मिती तोकियो । तर त्यो तोकिएको समयमा महाधिवेशन हुन सकेन ।

त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्थाअनुसार फेरी कांग्रेसले विधान संशोधन गरेर २०७८ भदौ ७–१० का लागि महाधिवेशनको मिति तोक्यो । त्यस समयमा पनि हुन सकेन । त्यसपछि भदौ १६–१९ मा गर्ने निर्णय गरियो। फेरि मंसिर ९–१३ गर्ने भनियो । तर अन्तिम पटक तोकिएको समयमा पनि महाधिवेशन नगर्ने र पुनः मिति तोक्ने तयारी भइरहेको छ ।

आफूलाई लोकतन्त्रको मसिहा भन्ने कांग्रेसले तोकिएको समय घर्किँदासमेत नेतृत्व कब्जा गर्ने ग्यारेन्टी नहुँदासम्म महाधिवेशनलाई किचलोमै राखिरहेका छन् । यसले कांग्रेस नेृत्ववप्रतिनै प्रश्न चिन्ह खडा भएको छ ।

कांग्रेसले ६४ जिल्लामा वडा र स्थानीय तहको अधिवेशन गरिसकेको छ । केही जिल्लामा मात्रै जिल्ला अधिवेशन सकेको कांग्रेसले १३ जिल्लामा वडा तहकै अधिवेशन गर्न सकेको छैन । क्रियाशील सदस्यता विवादको बहानामा पटकपटक महाधिवेशन सार्दा पार्टीप्रति कस्तो दृष्टिकोण बनिरहेको छ भन्ने कुरामा नेतृत्व गम्भिर बन्न सकेको छैन ।

पटकपटक महाधिवेशनको मिति सार्दा कांग्रेसको विरासतमाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रतिपर्धी दल नेकपा एमालेले सर्वसम्मतिमै भए पनि धमाधम अधिवेशन गर्दासमेत कांग्रेस भने लोकतन्त्रको रटानमा कार्यकर्ता खिचातानी गर्दागर्दै अलोकतन्त्रिक अभ्यासको पर्यायवाची बन्दै गएको छ । जसबाट आम कार्यकर्तामा निराशा छाइरहेको त छ नै पार्टीको वैधानिकता जोगाउनसमेत मुस्किल पर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्