Political Hightlights

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ कार्तिक ५ गते ९:०९
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

५ कात्तिक २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो २ बजे बोलाइएको छ ।

एमालेले भोली देशभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसै साता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

आजको बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ। उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । यो कार्यदलको बैठक हिजो पनि बसेको थियो ।

रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल सचिव शंकर पोख्रेल तथा स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट हुनुहुन्छ ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । ओलीले गत बुधबार अब १० बुँदे भनिरहनुको अर्थ नभएको बताउनु भएको थियो ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्