झापामा मासु व्यवसायीको हत्या

हिमालय टिभी
२०७८ असोज २५ गते ७:३८
झापामा मासु व्यवसायीको हत्या

२५ असोज २०७८ झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको छ ।

मानन्धर चोकमा बंगुरको मासु विक्री गर्दै आएका अर्जुनधारा –६ का अन्दाजी ५० वर्षीय इन्द्र कुमार मगर आइतबार साँझ आफ्नै पसलमा मृत फेला परेका थिए ।

उनको हत्या गरिएको आशंका गरिएको छ । बिर्तामोडका डीएसपी सन्तोष आचार्यले शरीरमा धारिलो हतियार प्रयोग भएको देखिएका आधारमा हत्या भएको आशंका गरिएको जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ । पोष्टपामर्टमका लागि शव पठाइएको डीएसपी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *