डेढ वर्षपछि वीरगञ्ज नाकाबाट भारतीय निजी सवारी साधन प्रवेश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते १९:०६
डेढ वर्षपछि वीरगञ्ज नाकाबाट भारतीय निजी सवारी साधन प्रवेश (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ पर्सा । डेढ वर्षपछि वीरगञ्ज–रक्सौल सीमा नाकाबाट भारतीय निजी सवारी साधन सञ्चालनमा आएका छन् ।

मन्त्रिपरिषद्को निर्णयपछि आजदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनलाई यात्रुसहित नेपाल प्रवेश दिइएको हो ।

यात्रुहरुको एन्टिजेन परीक्षण गरेर नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिलीप केसीले जानकारी दिनुभयो ।

नाका खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।

भारतीय नम्बर प्लेटको सरकारी वा निजी सवारी साधनमा नेपाल आउने यात्रुले कोरोना बिरुद्धको खोपको मात्रा अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेछ ।

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *