प्रदेश १ प्रदेशसभाको अधिवेशन असोज २२ गते बोलाउने निर्णय
२०७८ भदौ ३० गते १८:४६
३० भदौ २०७८ विराटनगर । प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।
नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
सो आधारमा आगामी असोज २२ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पठाउनुपर्ने छ ।
प्रतिक्रिया