सभामुख सापकोटा सत्ता गठबन्धनको मतियार बनेको अध्यक्ष ओलीको आरोप (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटा सत्ता गठबन्धनको मतियार बनेको आरोप लगाउनुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले दलविरुद्ध सत्ता गठबन्धनलाई सहयोग गर्ने मतियारको रुपमा सभामुखले भूमिका खेलेको आरोप लगाउनुभयो ।
संसदमा उठेका र सचिवालयमा दर्ता भएका मुद्दालाई अपव्याख्या गरी कुनै पनि दलअनुकुल निर्णय गर्ने अधिकार सभामुखलाई नभएको उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले आफ्नो दल विभाजन गर्ने एक मात्र उद्देश्यले सरकारले अघिल्लो संसद अधिवेशन अन्त्य गरेको समेत आरोप लगाउनुभयो ।
कानून मन्त्रालयको समन्वयविना बुढानिलकण्ठबाट ल्याइएको अध्यादेश कानूनविपरीत रहेको उहाँको भनाइ थियो । अध्यादेश जारी गरिनु गलत नभएपनि त्यसको आवश्यक्ता र औचित्य भने सही हुनुपर्नेमा अध्यक्ष ओलीको जोड थियो ।
प्रतिक्रिया