Political Hightlights

एमालेले दशबुँदे सहमति कार्यान्वयन सहजीकरण गर्न खटायो नेता

हिमालय टिभी
२०७८ भदौ १४ गते १५:१०
एमालेले दशबुँदे सहमति कार्यान्वयन सहजीकरण गर्न खटायो नेता

१४ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाएको छ ।

प्रदेश, जिल्ला र मातहतका कमिटीका साथै जनसंगठनमा १० बुँदे कार्यान्वयनका लागि सहजीकरण गर्न नेताहरु खटाइएको हो ।

अन्तर पार्टी निर्देशन अनुसार प्रदेश १ मा सुवासचन्द्र नेम्बाङ, भीम आचार्य, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङ तथा प्रदेश २ मा सत्य नारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहलाई खटाइएको छ ।

यस्तै बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल, गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा तथा लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै कर्णालीमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापा तथा जनसंगठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई खटाइएको छ ।

नेताहरुले ०७५ साल जेठ २ को पार्टी संरचना र जिम्मेवारीमा फर्काउने काममा सहजीकरण गर्नेछन । अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशनमा विभाजनकारी गतिविधिमा लाग्नेको सशक्त विरोध गर्न कार्यकर्तालाई निर्देशन दिइएको छ।

निर्देशनमा विभाजनको पक्षमा नलाग्न पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्