के फाउन्डेसन ग्लोबलद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ चितवन । के फाउन्डेसन ग्लोबलले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को राष्ट्रिय आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
चेपाङ विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा पुस्तकालयका लागि लागि आवश्यक पाठ्यपुस्तकसहित खेलकूद सामग्री वितरण गरिएको हो ।
चेपाङ्ग विद्यार्थीको शैक्षिक अवस्था सुधारमा सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक तथा खेलकूद सामग्री वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सौरभ रिमालले बताउनुभयो ।
राष्ट्रिय आधारभुत विद्यालयमा ९८ जना विद्यार्थी अध्ययनरत छन् । तर विद्यालयमा शैक्षिक सामग्रीको अभाव, भौगोलिक विकटताको कारण विद्यार्थीले विद्यालय छोड्नेक्रम बढ्दो छ ।
६८ घर परिवार चेपाङ बस्ती रहेको यहाँ फाउन्डेसनले स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । लोपउन्मुख समुदाय चेपाङ, स्वास्थ्य, शिक्षा लगायत आधारभूत आवश्यकताबाट समेत बञ्चित छ ।
प्रतिक्रिया