Political Hightlights

अध्यक्ष ओली र मध्यमार्गी नेता सहमति नजिक, भोलिका लागि बोलाइयो स्थायी कमिटी बैठक

हिमालय टिभी
२०७८ भदौ ७ गते १५:०६
अध्यक्ष ओली र मध्यमार्गी नेता सहमति नजिक, भोलिका लागि बोलाइयो स्थायी कमिटी बैठक

७ भदौ २०७८ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर भनिएको तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् ।

अध्यक्ष ओलीको निवास बोलकोटमा भएको छलफलमा यसअघि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि २०७५ जेठ २ को अवस्थाको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको हो ।

ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिवसमेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको जानकारी दिनुभयो ।

भोलि बस्ने स्थायी समिति बैठकमार्फत कसरी अघि बढ्ने भन्ने रुपरेखा तयार हुनेछ । बैठकमा माधवकुमार नेपालसँग नयाँ पार्टी बनाउन नगएका नेताहरु सहभागी हुनेछन ।

बैठकपछि एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली एकताका लागि निकै सकारात्मक रहेको बताउनुभयो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माधवकुमार नेपाल अब एमालेमा नफर्कने निष्कर्षमा पुगिएको र अरु फर्किएमा उचित जिम्मेवारी दिइने बताउनुभयो । ज्ञवालीका अनुसार अब कसरी अघि बढ्ने भन्नेबारे भोलि बस्ने स्थायी कमिटीले गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्