लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आजदेखि शुरु हुने
२०७८ भदौ १ गते ९:२१
१ भदौ २०७८ बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुने भएको छ ।
चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुख अमिक शेरचनले नियमित अधिवेशन आजका लागि आह्वान गर्नुभएको हो ।
आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले सीआईएनँग बताउनुभयो ।
बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउने, मुख्यमन्त्री केसीले सम्वोधन गर्ने र दलीय सहभागिताका आधारमा नेताहरूले सम्वोधन गर्ने कार्यसूची तय भएको पनि उहाँले जानकारब्ी दिनुभयो । समय रहेका केही विधेयक प्रस्तुत गर्ने तयारी भएको छ ।
प्रतिक्रिया