Political Hightlights

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुँदै, यस्ता छन् एजेण्डा

हिमालय टिभी
२०७८ साउन ३० गते ९:०७
माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुँदै, यस्ता छन् एजेण्डा

३० साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुँदैछ ।

बिहान ११ बजे बस्ने बैठकमा पार्टी विधान संशोधन लगायका विषय पेश हुनेछ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले वाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन पनि निर्देशन दिनुभएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्