Political Hightlights

अध्यक्ष ओलीले विगतका गल्तीमा माफी मागे मात्रै पार्टी एकता सम्भवः नेपाल खनाल समूह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १६:१८
अध्यक्ष ओलीले विगतका गल्तीमा माफी मागे मात्रै पार्टी एकता सम्भवः नेपाल खनाल समूह (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ ।

काठमाडौंको बुद्धनगरमा जारी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्तीका लागि माफी माग्नुपर्ने बताएका छन् ।

हिजोदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ३–३ मिनेटको समय निर्धारण गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएका छन् । तर धेरै सदस्यको जोड पार्टी एकताकै पक्षमा देखिएको छ ।

उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल विश्वास गर्न नसकिने भन्दै त्यसप्रति नेतृत्व सचेत बन्नुपर्ने सुझाव पनि दिएका छन् ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछि संस्थापनले गरेका निर्णय र अध्यक्ष ओलीले व्यक्त गरेका भनाइले वातावरण बिथोलिएको तर्क पनि धेरै सदस्यको छ ।

नेपालखनाल समूहले एकताको प्रयासका लागि समयावधि तोकेरै अघि बढने तयारी गरेको छ । केन्द्रीय सदस्यका सुझाव सकिएपछि अहिले स्थायी समिति सदस्यले धारणा राखिरहेका छन् । स्थायी समितिको सुझाव सकिएपछि विभिन्न प्रस्ताव पारित गरेर बैठक सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्