Political Hightlights

जसपाको महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

हिमालय टिभी
२०७८ साउन १२ गते १४:३१
जसपाको महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल शुरु गरेको छ ।

सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरुले आजबाट छलफल शुरु गरेका हुन ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल शुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “निर्वाचन आयोगको फैैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरु प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल शुरु गरिएको छ ।”

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ । “सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं ।” नेता कर्णले सञ्चारकर्मीमाझ स्पष्ट पार्नु भयो, “सरकारमा हामी सहभागी हुन गइरहेका छैनौं ।”

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदैै आएको छ । सोमबार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्