मेची अस्पतालमा आकस्मिकवाहेक सेवा ठप्प (भिडियो रिपोर्टसहित)
२०७८ साउन ४ गते १६:२५

४ साउन २०७८ झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालका चिकित्सक आकस्मिक वाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
ड्यूटीमा रहेका डाक्टरमाथि हातपात भएको विरोधमा उनीहरुले आज बिहानदेखि अस्पतालमा काम ठप्प पारेका हुन् । दोषीलाई पक्राउ गरी कानूनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकको अडान छ।
हिजो साँझ आकस्मिक कक्षमा झापाको हल्दिवारीका पुष्पराज निरौलाले डाक्टर केवल कपुरीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।
दोषीलाई कारवाही र सुरक्षाको ग्यारेन्टी नभएसम्म चिकित्सकले काम गर्न नसक्ने भनेकाले सेवा बन्द भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर टंकप्रसाद बाराकोटीले बताउनुभयो ।
श्रीमतीको उपचारका लागि पुगेका निरौला र डाक्टर कपुरीबीच विवादपछि हात हालाहाल भएको बताइएको छ ।
प्रतिक्रिया