Political Hightlights

कांग्रेस पदाधिकारी बैठक बस्दै

हिमालय टिभी
२०७८ साउन २ गते १३:१६
कांग्रेस पदाधिकारी बैठक बस्दै

२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसो पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाउनु भएको हो ।

बैठकमा हिजो केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल हुने बताइएको छ ।

हिजो देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।

संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक भोलि बस्दैछ ।

संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन भोलिदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्