आफू बस्दै आएको घरको आँगनमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

हिमालय टिभी
२०७८ असार २८ गते ९:०५
आफू बस्दै आएको घरको आँगनमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

२८ असार २०७८ झापा । झापाको बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको सुगम पेट्रोल पम्मदेखि उत्तरमा एक युवतीको शव फेला परेको हो ।

अन्दाजी २६ वर्षीया सिर्जना बस्नेत नाम गरेकी युवती अर्धनग्न अवस्थामा घर अगाडि मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्दै आएकी सिर्जना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुसन्धान शुरु गरिएको प्रवक्ता डिएसपि थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *