Political Hightlights

निर्धारित मितिमा महाधिवेशन हुनेमा महामन्त्री कोइरालाको आशंका

हिमालय टिभी
२०७८ असार २४ गते २०:०३
निर्धारित मितिमा महाधिवेशन हुनेमा महामन्त्री कोइरालाको आशंका

२४ असार २०७८ काठमाडौं । नेपाली कांगेसका महामन्त्री डाक्टर शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आफू पक्षीय केन्द्रीय नेताहरुसितको छलफलपछि महामन्त्री कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न उठेको बताउनुभयो ।

विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै उहाँले असारभित्र क्रियाशील सदस्यता विवाद नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताउनुभयो ।

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको सक्रियता बढेको छ । आज पनि पौडेल पक्षीय नेताहरुबीच छलफल भएको छ ।

पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको पौडेल समूहको आरोप छ ।

पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग क्रियाशील सदस्यताबारे छलफल गरेको हो ।

रमेश लेखक नेतृत्वको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य हुनुहुन्छ ।

त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल हुुनुहुन्छ । पौडेल समूहले गलत हुने नदिन र राम्रोसित छानविन गर्न आपूm निकट नेतालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्