दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १९:०१
दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ दाङ । प्रहरीले दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न भारतका एक, रोल्पाका ५ तथा दाङ र प्युठानका एक एक जनालाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोर्ने गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाखसम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *