बाँकेमा दुर्लभ वन्यजन्तुको अवैध कारोवार यसरी बढ्दै (भिडियो रिपोर्टसहित)
२०७८ असार १८ गते १६:४०

१८ असार २०७८ बाँके । बाँकेको कोहलपुर क्षेत्रमा दुर्लभ वन्यजन्तुको अवैध कारोवार बढ्दै गएको छ ।
प्रहरीले पछिल्ला २ दिनमा ३ थान चितुवाको छालासहित ४ जना व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
नेपाल प्रहरी र बाँके राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले वन्यजन्तुको चोरी शिकारी र अवैध कारोवारमा संलग्न व्यक्ति पक्राउ गरेको हो ।
पछिल्लो ६ महिनामा पाटेबाघको छाला, हडडी, चितुवाको छाला, रेडपान्डाको छाला, भालुको पित्त, कस्तुरीको बिना र गैडाको खाग सहित २६ जनालाई पक्राउ गरिएको छ ।
गत वर्ष नेपाल प्रहरीको अनुसन्धान ब्युरोले बाँके राष्ट्रिय निकुन्ज क्षेत्रसँग जोडिएको राप्ती सोनारीबाट बयस्क बाघको छाला र १० किलो हड्डीसहित एकजनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया