Political Hightlights

एमाले केन्द्रीय कमिटी बैठक शुरु, उपाध्यक्ष गौतम सहभागी, नेपाल–खनाल समूह अनुपस्थित

हिमालय टिभी
२०७८ असार १८ गते १३:०६
एमाले केन्द्रीय कमिटी बैठक शुरु, उपाध्यक्ष गौतम सहभागी, नेपाल–खनाल समूह अनुपस्थित

१८ असार २०७८ काठमाडौं । नेपाल खनाल पक्षले सहमतिका लागि स्थगन गर्न आग्रह गरेपनि नेकपा एमाले संस्थापन पक्षको केन्द्रीय कमिटी बसेको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछिको यो पहिलो बैठक हो ।

बैठकमा नेपाल खनाल समूह सहभागी छैन । तर उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी हुनुभएको छ । बैठकअघि नेपाल–खनाल पक्षका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर तीन नेता फर्केका छन् । ओलीले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दा पूर्वमाओवादीका २० जना नेतालाई राखिएको छ । र, यही कमिटीलाई नै ओली पक्षले एमालेको ०७५ जेठ २ को केन्द्रीय कमिटी हो भनेर दावी गरेको छ ।

तर नेपाल–खनाल समूहले त्यसलाई अस्वीकार गरेको छ । आजको बैठकमा पार्टी एकताका लागि आवश्यक निर्णयको समेत तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाल खनाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेतालाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने अडान राखेको छ ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ । नेपाल खनाल समूहले बैठकमा सहभागिताको वातावरण बनाउन वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्