Political Hightlights

भंग हुँदै एमाले महाधिवेशन आयोजक कमिटी, नेपाल–खनाल फकाउने प्रयास

हिमालय टिभी
२०७८ असार १३ गते १९:१९
भंग हुँदै एमाले महाधिवेशन आयोजक कमिटी, नेपाल–खनाल फकाउने प्रयास

१३ असार २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेपाल खनाल समूहलाई पार्टीमा फर्काउन दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी गर्नुभएको छ ।

त्यसका लागि आज बसेको स्थायी कमिटी बैठकले असार १६ गते बस्ने गरी आयोजक कमिटीको बैठक बोलाएको छ । त्यही बैठकबाट आयोजक कमिटी विघटन गर्ने ओलीको तयारी छ ।

बुधबार बस्ने आयोजक कमिटी बैठकले अध्यक्ष ओलीले एकताका लागि अघि सारेका ६ बुँदे प्रस्ताव अनुमोदन गर्ने र केन्द्रीय कमिटीको बैठक बोलाउने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । त्यसपछि ०७५ साल जेठ २ गते कायम केन्द्रीय कमिटी बैठक बस्नेछ ।

यसबाट एकताको स्पिरिट सम्बोधन हुने र अदालती झन्झटबाट पनि मुक्त हुने रिजालको दावी छ । महाधिवशेन आयोजक कमिटी विघटनको तयारी भैरहेको प्रवक्ता प्रदीप ज्ञवालीले पनि घुमाउरो ढंगले स्वीकार गर्नुभयो ।

प्रधानमन्त्री ओलीले वैशाख २३ गते एकताका लागि ६ बुँदे आह्वान सार्वजनिक गर्नुभएको थियो । र, त्यसमा नेपाल खनाल समूहले माग गरे जस्तै २०७५ जेठ २ गतेको नेकपा एमालेको कमिटी ब्युँत्याउने विषय उल्लेख छ ।

तर असन्तुष्ट नेपाल खनाल पक्षले आयोजक कमिटी कायम राखेकोले ओलीले एकता नचाहेको भनेर त्यसलाई अस्वीकार गरेको थियो। माधवकुमार नेपाल लगायतका केही नेता नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल खनाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने अध्यक्ष केपी शर्मा अ‍ोलीको तयारी छ ।

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनि फैसला गरेपछि ओली पक्षलाई कमिटी कानुनी रुपमा अघि बढाउन पनि अफ्ठ्यारो परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्