Political Hightlights

अदालतले जनआस्था गुमाउँदै गएको निवर्तमान गृहमन्त्री अधिकारीको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते १९:०९
अदालतले जनआस्था गुमाउँदै गएको निवर्तमान गृहमन्त्री अधिकारीको टिप्पणी (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सर्वोच्च अदालतले जनआस्था गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ ।

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि अधिकारीको प्रतिक्रिया आएको हो । अदालतका आदेशबाट पदमुक्त भएका अधिकारीले पछिल्ला फैसलाले अदालतप्रतिको जनआस्था गुम्नसक्ने चिन्ता बढेको बताउनुभयो ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्षप्रश्नमा अधिकारीले अदालत अनावश्यक ढंगले सक्रिय भएको आरोप लगाउनुभएको छ ।

अदालतका पछिल्ला काम असंगतिपूर्ण र अमिल्दा रहेको पनि उहाँको दावी छ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने सांसदको पद जोगाइदिएको तर फ्लोर क्रस नै नगरेका सांसदको पद पनि खाइदिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद विस्तारसम्बन्धी अदालतको पछिल्लो आदेश प्रचण्डको इशारामा आएको हुन सक्ने अधिकारीको आरोप छ ।

अधिकारीसँगको विस्तृत कुराकानी अहिले राती नौ बजे कार्यक्रम यक्ष प्रश्नमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्