ह्युम पाइपमा अड्किएर दार्चुलामा दुई बालकको मृत्यु

हिमालय टिभी
२०७८ असार ८ गते १८:०२
ह्युम पाइपमा अड्किएर दार्चुलामा दुई बालकको मृत्यु

८ असार २०७८ दार्चुला । दार्चुलको महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा बस्दै आएका १२ वर्षीय रमित कुँवरको मृत्यु भएको दार्चुला प्रहरीले जनाएको छ ।

महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरेवल पूलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

आज दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो ।

पूललाई क्षति नगरोस् भन्ने होम पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । ह्युमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *