Political Hightlights

संविधानमा लिपिवद्ध उपलव्धी उल्ट्याउने नियतले संसद विघटन गरेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १८:४८
संविधानमा लिपिवद्ध उपलव्धी उल्ट्याउने नियतले संसद विघटन गरेको आरोप (भिडियो रिपोर्टसहित)

५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लिपिवद्ध भएका उपलव्धि उल्ट्याउने नियतका साथ प्रतिनिधि सभा विघटन गरिएको आरोप लगाउनुभएको छ ।

तनहुँमा आज स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गर्दै नेता पौडेलले सत्ता कब्जा गर्ने उद्देश्यसहित चुनाव घोषणा गरिएको दाबी समेत गर्नुभयो ।

चुनावको अवस्था आए मतदान स्थल कब्जा गरी सत्ता हातमा लिने नियत रहेको उहाँको आरोप छ । पौडेलले संघीयता, समावेशीता जस्ता उपलव्धि उल्ट्याउने प्रयास भइरहेको दाबी पनि गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले अबको युग संयुक्त सरकारको भन्दै एजेण्डा मिल्नेसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

नेता पौडेलले तनहुँका ४ वटा नगरपालिका, ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्