प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित
२०७८ जेठ ३० गते १८:५५
३० जेठ २०७८ विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।
सत्तारुढ एमाले (नेपाल–खनाल) समूहको साथले नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि सरकार अप्ठारोमा पर्ने अबस्था टरेर गएको छ ।
प्रदेश १ मा सत्तारुढ एमालेको एकल सरकार छ । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शेरधन राईले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया