Political Hightlights

६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकमाथि कारबाही सिफारिस

हिमालय टिभी
२०७८ जेठ १७ गते १५:०६
६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकमाथि कारबाही सिफारिस

१७ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले सरकारमा गएका नेपाल खनाल समूहका ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ ।

प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै तीन जना मन्त्री र तीन राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएको छ ।

एमालेको प्रदेश कमिटिले यसअघि प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई पनि साधारण सदस्य नरहने गरी निष्कासन गर्न सिफारिस गरिसकेको छ । एमालेले प्रदेशसभाका १० जना सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

गत सोमबार एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी सरकार छोड्न मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । ती मध्ये माधवकुमार नेपाल समूहका १८ जना छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्