तीन दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७८ जेठ १५ गते १३:२७
तीन दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

१५ जेठ २०७८ काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको सिसुवा क्षेत्रमा पहिरो खसेको छ । सडक खुलाउन केही घण्टा लाग्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यस्तै, सदरमुकाम तानसेनदेखि ग्रामीण क्षेत्रमा जाने सडक समेत अबरुद्ध बनेका छन् । गाउँपालिका तथा नगरपालिकाले खनेका सडकमा पहिरो खसेपछि जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडकहरु बन्द भएका छन ।

यसैबीच, पृथ्वीराजमार्गको दमौली– डुम्रे खण्डको कमलवारीमा ट्रक र एलपि ग्यास वोक्ने ट्यांकर ठोकिँदा‌ पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

डुम्रेबाट दमौली आइरहेका ग्यास ट्यांकर र ट्रक ठोकिँदा राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *